Aamsanchar

इन्दिरा रानामगरद्वारा रास्वपाबाट राजीनामा

Author Image
सोमवार, माघ ९, २०७९

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि इन्दिरा रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएकी छन्।

उपसभामुख रानामगरले आज एक विज्ञप्ति निकाल्दै सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

‘मिति २०७९ साल ७ गते प्रतिनिधिसभाको सउपभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वपतन्त्र पार्टी (रास्वपा)को सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु।’ रानाले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

बिहीबार भएको निर्वाचनमा राना उपसभामुखमा निर्वाचित भएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर