Aamsanchar

विद्युतिय हात्तीबार मर्मत र विस्तार पहिलो प्राथमिक्ता : उपप्रधान मन्त्रि राजेन्द्र लिङ्देन

Author Image
सोमवार, माघ ९, २०७९

झापा-  पछिल्लो समय झापामा जंगली हात्तीबाट जनधनको ठूलो क्षति भएकाले विद्युतिय हात्तीबार मर्मत तथा विस्तार पहिलो प्राथमिक्ता रहेको उपप्रधान तथा उर्जा, जलस्रोत र सिचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले बताउनुभएको छ ।

गृहजिल्ल्ला आफ्ने गाँउ गोलधापमा पुग्नु भएका मन्ती लिङ्देनलाई स्थानीबासीले भव्य स्वागत पछि सञ्चारकर्मीसंग बोल्दै सो कुरा बताउनु भएको हो । अघिल्लो संसद निर्वाचित पछि निर्माण गरिएका हात्तीबार मर्मत सम्भार नहुदा विद्युतिय हात्तीबार प्रभाव हिन हुदा जिल्लाबासीले जनधनको ठूलो क्षति व्यर्होनु परेको बताउदै मन्त्री लिङग्देनले यो मर्मत कार्य तत्काल सुरु हुने प्रष्ट पार्नु भएको हो । मन्त्री भए पछि पहिलो पटक निजी निवास हाल्दिबारी गाउँपालिका वडा नम्वर एकको गोलधापमा पुग्नु भएका मन्त्री लिङग्देनलाई स्थानीयबासीले खदा अविर लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर