Aamsanchar

इलामका आचार्यको निधनप्रति श्रद्धाञ्जली दिँदै गृहमन्त्रीले भने : थप आश जगाउन नसकेकोमा म पनि दोषी

Author Image
बुधवार, माघ ११, २०७९

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,

लामिछानेले आफूहरुले पनि थप आश जगाउन नसकेकोमा आफू पनि दोषी रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्।  ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)