Aamsanchar

आजको मौसम बारे जानकारी

Author Image
शुक्रवार, माघ १३, २०७९

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको समेत नेपालको मौसम प्रणालीमा प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२