Aamsanchar

भारतविरुद्धको पहिलो टी–२० आईमा न्युजिल्यान्ड विजयी

Author Image
शनिवार, माघ १४, २०७९

काठमाडौं : भारतविरुद्धको पहिलो टी–२० आईमा  न्युजिल्यान्ड विजयी भएको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनायो। राँचीमा भएको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल बनायो। उसका लागि डेभोन कनवे र डरेल मिचेलले अर्धशतकीय पारी खेले।

बलिङतर्फ वासिङटन सुन्दरले दुई विकेट लिए। कुलदिप यादव, सीभम माभी र अर्शदिपले एक–एक विकेट लिए। ​

जवाफि व्यािटङ गरेको भारतले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १ सय ५५ रन मात्रै बनायो।  भारतका लागि सूर्यकुमार यादवले ४७ र वासिङटन सुन्दरले ५० रन बनाएपनि अन्य खेलाडीले साथ नदिँदा भारत पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो।

मिखायल ब्रेसवेल, मिचेल सान्टनर र लक्की फर्गुसनले दुई–दुई विकेट लिए। दोस्रो खेल भोलि लखनउमा हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर