Aamsanchar

माैसम पुर्वानुमान : तत्काल पानी नपर्ने, तापक्रम बढ्दै

Author Image
शनिवार, माघ २१, २०७९

काठमाण्डाै – देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातकाे सम्भावना रहेकाे छ ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेकाे छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । पर्सि सोमवारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने आजको उच्चतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ ।

विगत चार दिनको विवरण अनुसार काठमाण्डौमा गएको बुधवार न्यूनतम तापक्रम ६ दशमलव ५, बिहीवार ७, हिजो शुक्रवार ६ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । अब बिस्तारै न्यूनतम र अधिकतम तापक्रम बढ्दै जान थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर