Aamsanchar

‘केही क्यान्सर पुस्तैनीरुपमै जिनमा आउने हुन्छ’

Author Image
शनिवार, माघ २१, २०७९

फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ
हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुको लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससङको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।

अकोंलोजी
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचार कालागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्य कालागि गर्नै पर्‍यो नि ? कि कसो ?

क्यान्सरका कारणहरू
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सि अनि ‘ह्यूमन प्यापीलोमा’ भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।

सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर