Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, माघ २३, २०७९

काठमाडौं : प्रदेश नं १ का पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा सोमबार हुस्सु तथा कुहिरो लागिरहेको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य भूभागको मौसम सामान्तया सफा छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२