काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।”
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 220