Aamsanchar

झापाका किसानद्वारा कुखुरा र अण्डा सडकमा फालेर प्रदर्शन

Author Image
मङ्गलवार, माघ २४, २०७९

झापा- झापाका कुखुरापालक किसानहरूले जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेर बिरोध जनाएका छन् । उत्पादित बस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा बिर्तामोडको मुक्तिचोकमा फ्याँकेर बिरोध गरेका हुन् ।
सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूको भनाइ छ । सरकारले किसानहरुको समस्याप्रति चासो नदेखाए पछि यो आन्दोलन गरिएको किसानहरुले बताएका छन् ।
व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्यालीले बिर्तामोडमा प्रदर्शन समेत गरेको थियो ।
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर