विराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज मोरङको रंगेली नगरपालिका –९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक विद्यालय परिसरमा शिविर सम्पन्न भएको हो ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्व, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यमामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा विराट नर्सिङ होम का मेनेजर मोहम्मद जियाउल हक सहित १२ जना विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा स्त्री तथा प्रसूति, छाला तथा यौन, बाल, दन्त, नाक कान घाटी तथा आँखा रोग सम्बन्धी समस्या भएका ३९४ जना स्थानीय सर्वसाधारणहरु र प्रहरी कर्मचारीहरूले निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 81