काठमाडौं – आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एउटा क्लबले पाँचजनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार क्लबहरूसँग छलफल गरी लिगमा विदेशी खेलाडीको कोटा बढाउने निर्णय गरेको हो ।
क्लबहरूले खेलाडी अभावको समस्या देखाउँदै लिगका लागि विदेशीको कोटा बढाउन माग गरेका थिए । निर्णयानुसार अब लिगको एउटा टिमले पाँच खेलाडी राख्न पाउने र चारजनासम्मलाई मैदानमा उतार्न सक्नेछ । यसअघि, एउटा क्लबले चार खेलाडी राख्न पाउँथे । त्यसमध्ये तीन खेलाडीलाई पहिलो रोजाइमा राख्न पाइन्थ्यो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 151