Aamsanchar

माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

Author Image
बिहिवार, माघ २६, २०७९

काठमाडौं – माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

सो आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर