

काठमाडौं – कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा शुक्रबार हल्का हिमपातको सम्भावना छ। प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसारप्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बिहान आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

तराई–मधेशका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

Views: 132

