

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश दुष्चक्रमा फस्न लागेको बताएका छन्। बिहीबार राति ट्वीट गरी भट्टराईले आमचुनावको तीन महिना नपुग्दै सरकार निर्माण देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढलेर नयाँ मुख्यमन्त्री बनेको प्रसंग जउठाउँदै देश दुष्चक्रमा फस्न लागेको तर्क गरेका हुन्।

उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्। ‘अर्थतन्त्रमा गम्भीर संकट, गरम भूराजनीतिबीच अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, उनले प्रश्न गरेका छन्।
हेर्नुहोस्, उनको ट्वीट

आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सू प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ।राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ।अर्थतन्त्रका गम्भीर संकट छदैछन्।भूराजनीति अरू तात्दैछ।अब पनि द्वन्द कि सहमतिको बाटो?

