Aamsanchar

विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम : ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह

Author Image
शनिवार, माघ २८, २०७९

काठमाडौँ – ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताएका छन् । राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो भनाई सार्वजनिक गर्दै जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक सङ्कुचित गर्न नहुने बताएका हुन् । उनले शुक्रवार भएको राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीले वीर अस्पतालका डाक्टर कुटिएकोमा चासो व्यक्त गर्दै दोषीलाई कारबाहीको समेत माग गरेका छन् ।उनले भनेका छन्– ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा सङ्कुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्‍याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर