Aamsanchar

झापामा सरकारी तथा संस्थान सवारी चालकहरु पुनः संगठित, अध्यक्षमा नेपाल

Author Image
शनिवार, माघ २८, २०७९

 बिर्तामोड । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापा को अधिवेशन झापाको बिर्तामोड नगरपालिकाको सभाहलमा आज  सम्पन्न भएको छ । २०६३ सालमा तदर्थ समिति गठन भएपनि निस्कृय रहेकोले आज पुनः गठन गरिएको हो ।

चालक  गणेश नेपालको अध्यक्षतामा आयोजित अधिवेशनमा  सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका १५ वटा स्थानीय तहका र अन्य सरकारी,संस्थान कार्यालयमा कार्यरत सवारी चालक कर्मचारीहरु गरेर करिव एकसय जनाको उपस्थिति रहेको थियो । उद्घाटनसत्रमा ३५ वर्ष देखि कार्यरत हाल जिल्ला प्रशासन कार्यालय भद्रपुुरका सवारी चालक बिष्णु ठकुरीलाई सम्मान गरिएको छ । त्यसैगरी दमक नगरको एम्बुलेन्स चालक लिला बस्ताकोटिलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि न्यौपानेले राज्यको नीति नियम अनुसार दिनमिल्ने सेवा सुबिधा,आचरण,जिम्मेवारी,सुरक्षित यातायात आवागमन बारे सुझाप सहित आफ्नो धारणा रोखेका थिए ।

कार्यक्रम संचालन रोहित कोईराला, स्वागत मनतब्य खेमराज नेपालले गरेका थिए ।  रोहित कोईरालाले  औचित्य माथी प्रकास पारेका थिए ।  दमक दमक नगरबाट चालकहरु बाट संकलित १२ हजार रुपैयाँ दुर्घटनामा घाइते भएका जिल्ला निर्वाचन कार्यालयका पूर्व चालक जय चौधरीलाई सहयोग स्वरुप गरीएको छ ।

सभाध्यक्ष नेपालले आयव्यय सर्वजनिक गरेका थिए,  डिल्ली खरेलको संयोजकत्वमा दुई सदस्य रोहित कोईराला र होमनाथ भट्टराईलाई निर्वाचन समितिमा चयन गरिएको थियो ।

दोस्रो सत्रको कार्यक्रममा निर्वाचन संयोजक खरेलको अध्यक्षतामा निर्वाचन कार्यसुची तयार गरी १५ स्थानीय तह बाट एक/एक जना अन्य सरकारी, संस्थान बाट ६ जना  गरि जम्मा १७ जनाको कार्यसमिति चयन गरिएको छ ।  बाँकी चार जना सदस्य भने  कार्यसमितिले मनोनीत गर्ने भएको छ ।

नव गठित कार्यसमितिमा अध्यक्ष .गणेश नेपाल, बरिष्ठ उपाध्यक्ष शम्भु खड्का, उपाध्यक्ष पवन राजबंशी, महासचिव भुपाल गुरुङ, सचिब खेमराज नेपाल, सह सचिव .सरोज खनाल, कोषाध्यक्ष . लिला वस्ताकोटी, सह कोषाध्यक्ष कर्णलाल साह सर्वसम्वत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा होमनाथ भट्टराइ मुकेश गौतम,  डोरबहादुर मगर, पराजय चौधरी,  धनकुमार योङहाङ, (लिम्बू) राजु दाहाल, ललित थापा, जोगलाल राजबंशी र मनोज मण्डल निवौचित भएका छन् ।

कार्यक्रम ब्यबस्थापन बिर्तामोड नगरपालिकाका सवारी चालक खेमराज नेपालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 117

प्रतिक्रिया (१)