Aamsanchar

चेल्सी वेस्ट ह्याम युनाइटेडसँग रोकियो

Author Image
शनिवार, माघ २८, २०७९

सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीका जोआओ फेलिक्सले गोल गर्दा वेस्ट ह्यामका इमर्सनले बराबरी गोल फर्काए । लन्डन स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको १६औं मिनेटमा जोआओ फेलिक्सको गोलबाट चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले एन्जो फर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए ।

यसै सिजनको विन्टरमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट चेल्सी आएका फेलिक्सले दोस्रो खेलमा पहिलो गोल गर्न सफल भएका हुन् । तर, चेल्सीले त्यो अग्रतालाई जोगाउन सकेन ।

२८औं मिनेटमा इमर्सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जारोड वावेनको पासलाई सदुपयोग गरेका थिए । बराबरी गोलपछि चेल्सीले घरेलु टोलीमाथि बल पोसेसन राख्दै लगातार दवा बढाएपनि चेल्सीले वेस्ट ह्यामको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

८३औं मिनेटमा टोमास सौसेकले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली जितबाट वञ्चित बन्यो । यस बराबरीसँगै चेल्सी २२ खेलबाट ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ । वेस्ट ह्याम २० अंक जोडेर १५औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर