Aamsanchar

कनकाईमा सामुदायिक कुकुर आतंक, कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु 

सामुदायिक कुकुर मार्न नपाइने कानुनी प्रावधानका कारण समस्या  भएको  छ : नगर प्रमुख पोख्रेल

Author Image
आइतवार, माघ २९, २०७९

कनकाई  । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ ।
कुकुरको टोकाईबाट स्थानीय ६३ बर्षिय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मंसिर अन्तिम सातामा सामुदायिक कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरि घरमै रहेका थिए । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीयको भनाई छ । उपचारमा लैजाँदा अस्पतालले रेबिज भएको बताएको र उपचारपछि घरमा रहेको बेला आइतबार आज दाहालको मृत्यु भएको हो ।

यता कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिड्ने बटुवा तथा पाल्तु जनवारलाई टोकेर हैरानी दिने गरेको स्थानीय गणेश सुवेदीले बताएका छन् ।  कनकाई नगरपालिकाको ३,४,५,६ र २ नम्बर वार्डमा सामुदायिक कुकुरले बाटो हिड्ने बटुवा र कृषकका पालेका जनवारलाई टोकेर घाईते बनाउने र हैरानी दिने गरेको पाइएको छ ।
यता यसबारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले सामुदायिक कुकुरलाई सोझै मार्न नपाइने कानुनी प्रावधान रहेको सुझाए । सामुदायिक कुकुर नियन्त्रणका लागि हरेक वर्ष नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजको भ्याक्सिन लगाउने काम गरिरहेको जानकारी जानकारी दिए । सामुदायिक कुकुर नियन्त्रणका लागि स्थानीय संघ संस्थाको समन्वयमा कार्यक्रमहरू सञ्चालनको तयारी नगरपालिकाले थालेको समेत नगरप्रमुख पोखरेलको भनाई छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
Views: 97

प्रतिक्रिया (१)