Aamsanchar

अन्तर्राष्ट्रिय औद्योगिक ब्यपार महोत्सवलाई सफल बनाउन संघ– संस्थाहरु एक जुट

Author Image
मङ्गलवार, फागुन २, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक ब्यपार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।

यसैक्रममा मंगलबार वीरता जेसीजको आायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यपार महोत्सव २०७९ सफल पार्न जेसीजकाो भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।
महोत्सव मुल आयोजक समितिका संयोजक राजु न्याौपाने, जेसीज निर्वतमान अध्यक्ष प्रविन खड्का, सिनेटर विशाल थापा, जेसीजका पूर्व अध्यक्ष राजिव धिमाल, वीरता लेडी जेसीजका अध्यक्ष संगिता गिरी, आौषधी ब्यवसायी संघका महासचिव जीवन खड्का, धर्म लक्सम्बा, महिला उद्यमी संघका अध्यक्ष तिलोतमा खत्री, राधिका चुडाल लगाायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सुमन पोद्धारले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्का र धन्यवाद ज्ञापन सुशिल उप्रेतीले गरेका थिए । सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले नवनिर्वाचित जेसीजका पदमाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा महोत्सवलाई सफल बनाउन सबै पक्ष एक भएर लाग्ने र प्रदेश–१ कै उत्कृष्ट बनाइने बताइएको छ । महोत्सव सफल बनाउन वीरता जेसीजसहितका संघ– संस्थाले सबैसंग आाग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (२)

सम्बन्धित खबर