Aamsanchar

२३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिक पक्राउ

Author Image
मङ्गलवार, फागुन २, २०७९

काठमाडौं । प्रहरीले साढे २३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले बताए ।

उनका अनुसार २८ माघमा विमानस्थलमा गरिएको चेकजाँचका क्रममा याओवालुक ज्याब्श्री, परिचार्ट पम्क्रुक, नाटापोल ट्रचाइया र नान्ट्री ट्रचाइया पक्राउ परेका थिए । उनीहरुको लगेज चेकजाँचका क्रममा फल्स बटम बनाएर चरेस लुकाएको पाइएको खनालले बताए ।

प्रहरीका अनुसार उनीहरुले नेपालमा उत्पादन हुने चरेस बैंकक लान खोजेका थिए । चारै जनाविरुद्ध लागूऔषध ऐन अनुसारको कसूरमा अनुसन्धानमा लागि म्याद थप गरेर छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

यसरी बरामद चरेसको अवैध बजार मूल्य प्रतिकिलो ३५ हजार रुपैयाँ छ । त्यसअनुसार यसको मूल्य अन्दाजी ८ लाख ३३ हजार रुपैयाँ हुन आउँछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (१)

सम्बन्धित खबर