Aamsanchar

आईसीसीको प्राविधिक गल्तीले भारत टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेपछि……

Author Image
बिहिवार, फागुन ४, २०७९

काठमाडौं – विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बुधबार प्राविधिक गल्तीका कारण भारत टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको भन्दै माफी मागेको छ । आईसीसीले बिहीबार वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया यथावत् रहेको भन्दै बुधबार भारत शीर्ष स्थानमा पुग्नु ‘त्रुटिपूर्ण’ भएको भन्दै माफी मागेको हो ।

चार खेलको टेस्ट शृंखलाका लागि भारत भ्रमणमा रहेको अस्ट्रेलिया पहिलो टेस्टमा घरेलु टिमसँग एक इनिङ्स र १३२ रनले पराजित भएको थियो । यसैकारण बुधबार आईसीसीको टेस्ट वरीयतामा अस्ट्रेलियालाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको देखाइएको थियो । तर, बिहीबार आईसीसीले भारत शीर्ष स्थानमा नपुगेको र अस्ट्रेलिया नै यथावत रहेको स्पष्टीकरण दिएको हो ।

टेस्ट वरीयताको दोस्रो स्थानमा रहेपनि भारत एकदिवसीय र ट्वान्टी–२० वरीयतामा भने शीर्ष स्थानमा छ । “सन् २०२३ को फेब्रुअरी १५ मा आईसीसीको वेबसाइटमा प्राविधिक गल्तीका कारण छोटो समयका लागि भारत टेस्ट वरीयताको शीर्ष स्थानमा देखिएको स्वीकार गछौँ । यसका कारण उत्पन्न भएको भ्रामक स्थितिप्रति हामी क्षमाप्रार्थी छौं,” आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर