Aamsanchar

सभामुख घिमिरेलाई सहकारी अभियन्ताको तर्फबाट ध्यानाकर्षण पत्र, सहारा साकोसद्वारा सम्मान

Author Image
शुक्रवार, फागुन ५, २०७९

सभामुख घिमिरेलाई ध्यानाआर्कषण पत्र बुझाउदै सहकारी अभियन्ता महेन्द्रकुमार गिरी ।

चारपाने । झापाको बिर्तामोड–२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सहकारी अभियानको तर्फबाट सभामुख देवराज घिमिरेलाई सहकारी अभियन्ताहरूको तर्फबाट ध्यानाआर्कषण पत्र बुझाइएको छ ।

आज (शुक्रबार) एक कार्यक्रमको बिच सहकारी अभियन्ता महेन्द्रकुमार गिरीले सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधानको लागि तिन बुधे ध्यानाकर्षण पत्र बुझाइएको हो ।
केही समयदेखि राज्यको उपस्थितलाई नकार्ने गरी सहकारी संस्थाहरू प्रति अभियानको नाममा धावा बोलिँदै छ, यस्ता गतिविधिहरूलाई तुरुन्त रोकियोस्  भनेर ध्यानाकर्षण पत्रको पहिलो बुधामा यो विषय उठान गरिएको छ ।

दोस्रोमा सहकारी संस्थाहरूले सदस्यहरूको निक्षेप तथा बचत रु २५ लाखसम्म मात्र लिन पाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ५२ मार्फत संसोधन गर्न लागिएको हुँदा सो सच्याइयोस् भनिएको छ ।
ध्यानाआर्कषण पत्रको तिन नम्बर बुधामा सहकारी संस्थाहरूको नियमन राष्ट्र बैंकले गर्नुको सट्टा सेकेन्ड टायर इन्स्टिच्युट मार्फत नियमन गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने माग राखिएको छ ।

सोही कार्यक्रममा सभामुख घिमिरेलाई सहारा नेपाल साकोसको तर्फबाट सम्मान गरिएको छ । संस्थाको केन्द्रिय कार्यालय रहेको झापा क्षेत्र नं। २ बाट निर्वाचित भएर सभामुख जस्तो गरिमामय पदमा रहँदा संस्था गौरावान्वित भएको भन्दै घिमिरेलाई सम्मान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले बताए । घिमिरेलाई प्रदान गरिएको सम्मान पत्र संस्थाका कोषाध्यक्ष डम्बर देउजाले वाचन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर