Aamsanchar

भीषण आगलागीबाट भारतको आसाममा २५० पसल जलेर नष्ट

Author Image
शनिवार, फागुन ६, २०७९

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो ।

“हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल जलेर नष्ट भएको जानकारी पाएका छौं,“ जोरहाटका डेपुटी कमिश्नर पुलक महन्ताले सिन्ह्वालाई बताएका छन् । अहिले आगो पूर्णतया नियन्त्रणमा आएको र कुनै मानवीय क्षति भने नभएको उनले बताएका छन् । अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो । प्रारम्भिक अनुसन्धानले एउटा पसलमा सर्ट सर्किट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो ।

आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर