Aamsanchar

रोटरी क्लव अफ काँकडभिट्टा द्वारा १०० थान व्हिल चियर हस्तान्तरण

Author Image
शनिवार, फागुन ६, २०७९

 मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लव ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लव अफ काँकडभिट्टाले आफ्नो १३ ओैँ चार्टर्ड डेको अवसर पारेर १०० थान व्हिल चियर हस्तान्तरण गरेको छ । क्लवका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीका अनुसार क्लवले स्थानीय सरकार मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

मेचीनगर नगरपालिकाको सभाकक्षमा आयोजित ‘१०० थान व्हिल चियर हस्तान्तरण ’ कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीलाइ क्लवका सन् २०२३ का अध्यक्ष सुजन प्रधान र पुर्व अध्यक्षहरूले संयुक्तरूपमा व्हिल चियर हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख गोपालचन्द्र बुढाथोकी रोटरीको मानवीय सेवामा लाग्ने कामको प्रशंसा गर्नुभयो । जो हिडडुल गर्न सक्नुहुन्न उहाँहरूका लागि यो कामले निक्कै महत्व राख्ने नगरप्रमुख बुढाथोकीको भनाई छ । यसले मानवीय सेवमा निक्कै सहयोग पुग्ने स्पष्ट पार्नुभयो । यो प्रक्रियागतरूपमा खरिद गरीको छ । स्थानीय सरकार नगरभित्रका सवै सामाजिक संघ संस्थाहरूसँग हातेमालो गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

नगरपालिकाले यसको वितरण प्रणालीलाई चुस्तदुरूस्त र पारदर्शी बनाउने विश्वास दिलाउनुभयो । नगरपालिकाले व्हिलचियर वितरण कार्यविधि निर्माण गरीसकेको भन्दैँ नगरप्रमुख बुढाथोकीले नगरभित्र रहेका फरक क्षमता भएका र जस्लाई यो अत्यन्तै आवश्यकता छ उहाँहरूलाई सहजरूपमा वितरण गर्ने बताउनुभयो । व्हिलचियर एउटा मानवको संवेदनशीलतासँग जोडिएको भन्दैँ भनसुन, राजनीतिक आस्था र विचारका भरमा नभएर आवश्यकताका आधारमा वितरण गर्ने कुरामा नगरप्रमुख बुढाथोकीले विश्वस्त पार्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख मीना पोखरेल उप्रेतीले रोटरीले सर्वसुलभ मुल्यमा गुणस्तरीय व्हिलचियर नगरपालिकालाई उपलब्ध गराएर पुण्यकाम गरेको बताउनुभयो । रोटरीले कोभिड महामारीका बखत पनि स्थानीय सरकारसँग समन्वय गरी गरेको कामको मुल्यांकन गर्दैँ जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)