Aamsanchar

 भद्रपुर झापा गोल्डकपको तयारी पुरा, मेची रङ्गशालामा अभूतपूर्व परिवर्तन

Author Image
शनिवार, फागुन ६, २०७९

भद्रपुर । झापाको भद्रपुर स्थित मेची रङ्गशालामा फागुन ७ गते देखि १६ गते सम्म आयोजना हुने प्रथम भद्रपुर झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज रङ्गशालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।


भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, मछिन्द्र, चर्ज ब्वाइज, संकटा क्लब सहभागी हुने छन् । प्रतियोगितामा तीन वटा विदेशी टिमले पनि सहभागिता जनाउने भएका छन् । विदेशी टिमहरू जयगाउँ एफसी भारत, डुक ल्हायुल एफसी भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेश गरेर जम्मा १० वटा टिम रहने छन् ।
यो वर्ष ‘हाम्रो भन्दा राम्रो’ नारा तय गरिएको छ । आफ्नो घर अफिस भन्दा सरकारी कार्यालयहरू राम्रो सुविधा सम्पन्न हुनुपर्छ भन्ने ध्येय राखेर मेची रङ्गशालालाई नारा अनुसार कै राम्रो बनाइएको आयोजक भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।


गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले ७ लाख पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिने भएको छ । उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोल कर्ता खेलाडी र फाइनल खेलमा पहिलो गोलकर्ता खेलाडीलाई जनही नगद २० हजार प्रदान गरिने गोल्डकपका महासचिव जीवन कुमार श्रेष्ठले बताए ।

प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन उपप्रधान, उर्जा, जलश्रोत,  सिँचाइमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने भएका छन् । भोलि दिउसो १ बजे गोल्डकप उद्घाटन को समय तोकिएको छ ।
विगत १८ बर्ष देखि कुनै पनि ठुलो खेलकुद गतिविधि नहुदाँ रङ्गशालाको मर्तत तथा भौतिक विकासको अभावमा जीर्ण अवस्थामा रहेको मेची रङ्गशाला यतिबेला बेहुली झै सजाइएको छ ।  रङ्गशालाको विकास र भद्रपुर झापा गोल्डकपको संरक्षक भद्रपुर नगरपालिका रहेको छ ।
नेपाल पत्रकार महासंघ झापा पनि भद्रपुर झापा गोल्डकपको संस्थागत सदस्य बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (२)

सम्बन्धित खबर