काठमाण्डाै – भारतीय क्रिकेटर विराट काेहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे २५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
दिल्लीकाे फिराेजशाह काेटला रङ्गशालमा अस्ट्रेलियासँगकाे दाेस्राे टेस्टकाे तेस्राे दिन काेहलीले याे उपलब्धि हासिल गरेका हुन् । काेहलीले पाँच सय ४९ औँ अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार रन पूरा गरेर कीर्तिमान बनाएका हुन् । काेहलीभन्दा अघि तेन्दुलकरले पाँच सय ७७ खेलमा याे उपलब्धि हासिल गरेका थिए ।
अस्ट्रेलियाका रिकी पाेन्टिङ याे सूचीकाे तेस्राे नम्बरमा छन् । उनले पाँच सय ८८ खेलमा याे उपलब्धि हासिल गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146