Aamsanchar

म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई हरायाे

Author Image
सोमवार, फागुन ८, २०७९

काठमाडौं – इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई ३–० ले पराजित गरेकाे छ ।

आफ्नै मैदानमा आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले २ गोल गर्दा जेडन सान्चोले एक गोल थपेका हुन् । जितसँगै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष ४ को पकडलाई थप बलियो पारेको छ । लिगमा २४ खेलबाट म्यान्चेस्टर युनाइटेडको ४९ अंक भएको छ ।

समान खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा १ खेल कम खेलेको आर्सनल ५४ अंकसहित शीर्ष स्थानमा रहेकाे छ । प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति टोटन ह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गरेकाे हाे ।

टोटन ह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमर्सन रोयल र ह्युङ मिन सनले १–१गोल गरेका थिए । जितसँगै २४ खेलबाट ४२ अंक जोडेको टोटन ह्याम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१