Aamsanchar

आजदेखि सुरू भयो मिथिलाञ्चलको मध्यमा परिक्रमा यात्रा

Author Image
सोमवार, फागुन ८, २०७९

काठमाडौं – मिथिलाञ्चलको प्रसिद्ध धार्मिक यात्रा मध्यमा परिक्रमा साेमबारदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट भगवान श्रीरामको डोला निकालेसँगै पदयात्रा सुरु भएको हो । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट श्रीरामको डोला निकालेपछि १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानमा पदयात्री भक्तजनहरु पुग्ने गर्छन् । त्यस मध्ये नेपालमा १ सय ७ किलोमिटर र भारतमा २६ किलोमिटर गरी १ सय ३३ किलोमिटरको यात्रा तय गरिन्छ । साेमबार कचुरीबाट निस्केका पदयात्रीहरु साेमबार साँझ जनकपुर धामको हनुमाननगरमा पुगेर विश्राम गर्ने भएका छन् । उनीहरु मंगलबार भारतको कल्याणेश्वर जाने भएका छन् । भारतका कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरिन्छ ।

पुनः भारतको करुणा र विशौल लगायतका धार्मिक स्थल हुँदै १४ औँ दिनमा जनकपुरधाम फर्कने प्रचलन रहेकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)