Aamsanchar

स्व. उजारु राजबंशीको घर निर्माणका लागि सहयोग जुट्दै

Author Image
बुधवार, फागुन १०, २०७९

झापा- युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशब भण्डारीले स्व. उजारु राजबंशीको घर निर्माणका लागि सहयोग गर्दैआफ्नो जन्मदिन मनाएका छन् ।  बिर्तामोड ९ स्थित राजबंशीको आभास निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै नागरिक समाज असाहाय र दुःखीहरुको सेवामा निरन्तर कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरे ।

स्व. राजबंशीको केही महिना अघि निधन भएको थियो । उनले दुर्गा माध्यमिक बिद्यालयलाई १ बिगाहा जग्गा दिएका थिए । तर उनकै परिवारको अहिले आफू बस्ने घर समेत छैन ।  स्थानीयहरुको पहलमा अहिले घर निर्माण कार्य भईरहेको छ । युवा नागरिक समाजका भद्रपुर नगर कमिटी अध्यक्ष सन्जय भुईमालीले नागरिकले बाच्न पाउने अधिकारको रक्षा गर्दै ब्यक्तिगत रुपमा ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

समाजका सचिब निराजन ओलिले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष देव संग्रौला, घर निर्माण समितिका सदस्य सरोज पौडेल, इन्द्रसिंह राजबंशी लगायतले शुभकामना राखेका थिए ।  कार्यक्रममा समाजका बिर्तामोड नगर कमिटी अध्यक्ष पुस्पराज प्रसाईं, निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेल लगायतको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (१)

सम्बन्धित खबर