बिर्तामोड । तीन जना युवाहरूले झापाको बिर्तामोड–४ मा क्यापस बिटल्स क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
स्थानीय युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानी ६० लाखमा क्याफे सञ्चालन ल्याइएको जनाइएको छ ।
बाँस, खर र काठको प्रयोग गरेर निर्माण गरिएको क्याफे निक्कै आकर्षक रहेको छ । खासगरि सौराह, पोखरा, ठमेललगायतका शहरहरूमा विदेशी पर्यटकहरूलाई लक्षित गरेर यो किसिमको क्याफे रेष्टुरेन्टहरू सञ्चालनमा रहेको पाइन्छ । बिर्तामोडमा साना देखि पाँचतारे बोटलहरू रहेका छन् । कंक्रिटको सहर बिर्तामोडमा क्यापस बिटल्स क्याफे भने भिन्न पहिचानको मौलिक रहेको छ । वैदेशिक रोजगारीमा जानेलाई बारिस्तालगायतको तालिम समेत प्रदान गर्ने सञ्चालक अमित खड्काले जानकारी दिए ।
आज (बुधबार) र्याप गायक आशिष राना (लाहुरे) ले क्याफे उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, संघका सदस्य जीवन खड्कालगायतको उपस्थिति रहेको थियो ।