Aamsanchar

विराटनगरमा एकै पटक सात जना प्राध्यापक सम्मानित 

Author Image
बिहिवार, फागुन ११, २०७९

 विराटनगर ।   महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा  डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो छन् ।
दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो ।

सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन,  रामकुमार थापा बजारशास्त्र,  डा सुवेदी– वित्तशास्त्र, संग्रौला अर्थशास्त्र  र  डा सापकोटा– लेखाशास्त्रका अध्यक्ष हुन्् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरूलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतका आधारमा नियुक्ति गरिएका नयाँ प्रमुखहरूले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउँदै नयाँ भवन बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा पूर्व सह परीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाइ अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत  विनोद कामतले  शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।
तस्वीर पनि छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 22

प्रतिक्रिया (०)