Aamsanchar

प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई २ लाख पुरस्कार दिने घोषणा

Author Image
बिहिवार, फागुन ११, २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।’

प्रचण्डले थपे,‘तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रति खेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।’

​पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिने भए पनि अहिले खेल देशका लागि र अर्थतन्त्रको उत्थानका लागि भएको उनको भनाइ थियो ।

‘सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैं तपाईंहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु’ प्रधानमन्त्रीले भने, ‘छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (१)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१