


काठमाडौं : जनता समाजवादी पार्टीकी सांसदको निधन भएको छ। सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए। केन्द्रीय सदस्यसमेत रहेकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।
६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो। भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा गएकी उनलाई हृदयघात भएको हो। रहमान महिला फोरमकी पूर्व अध्यक्ष थिइन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73