Aamsanchar

प्रचण्डले राेके मानव अधिकार परिषद्को बैठकका लागि तय परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण

Author Image
आइतवार, फागुन १४, २०७९

काठमाण्डाै – परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा रोकिदिनुभएको छ । आज आइतवार बेलुकी ६ बजे जेनेभा जान लाग्नुभएका पौड्यालको भ्रमण दिउँसो साढे ३ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि रोकिएको मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीले जानकारी दिनुभयो ।

यसअघि आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिनुभएको थियो । परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लाग्नुभएको थियो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले बताउनुभएको थियो ।

मन्त्री पौड्याल बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)