Aamsanchar

काराबाओ कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाण्डाै – म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।

युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको बीबीसीले जनाएको छ । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका लागि खेलको ३३औँ मिनेटमा कासिमिरोले गोल गरे भने ३९औँ मिनेटमा मार्कस रास्फाेर्डले गोल गरे ।  म्यानचेस्टर युनाइटेडले एरिक टेन हानको नेतृत्वमा सन् २०१७ पछि पहिलो पटक उपाधि जितेको हो।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर