


काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ।
राजधानीमा सोमबार एक कार्यक्रम गरि उनीहरूले चुनावी तालमेलको घोषणा गरेका हुन्।अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अखिल (क्रान्तिकारी) र नेपाल समाजवादी विद्यार्थी युनियनबीच स्ववियु निर्वाचनमा चुनावी तालमेलको घोषणा गरेको जानकारी दिइन्।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ। यसका लागि विभिन्न विद्यार्थी संगठन र विद्यार्थी नेताहरू आन्तरिक तयारीमा व्यस्त रहेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 106