Aamsanchar

रास्वपाले सभापति रवि लामिछानेलाई चितवन–२ मा उम्मेदवार बनाउने

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवन–२ मा उम्मेदवार बनाउने भएको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताए।

उनले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लािग दल दर्ता गरिने बताए। गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएका कारण उनको सांसद पद गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (१)

सम्बन्धित खबर