Aamsanchar

बिर्तामोड महोत्सवमा ई–स्कुटर उपभोक्ताको रोजाइमा 

Author Image
मङ्गलवार, फागुन १६, २०७९

खरिद कर्ता दीपक ओलीलाई चावी हस्तान्तरण गर्दै झापा गोल्डकपमा अध्यक्ष बिनोद बस्नेत । साथमा महोत्सव सचिव कुशल खतिवडालगायत व्यवसायीहरु ।

बिर्तामोड । बिर्तामोड महोत्सवमा विद्युतीय स्कुटरको बिक्री राम्रो भएको छ । बिर्तामोड –५ मा रहेको एभरेष्ट अटो ट्रेड प्रालि ले पनि महोत्सवमा विद्युतीय स्कुटरको स्टल राखेको छ । उक्त स्टलबाट मा ४ वटा टेलजी कम्पनीको टाइगर नामको विद्युतीय स्कुटरहर बिक्री भई रहेको सञ्चालक प्रेमबहादुर थापाले बताए ।

सोमबार बेलुका पनि एक थान स्कुटर बिक्री भएको थियो । इलाम नगरपालिका –९ का दीपक ओलीले ई–स्कुटर किनेका हुन । क्रेता ओलीले भने महँगो पेट्रोल, सर्भिसको खर्च बचत हुने र आफ्नै देशको विद्युत ऊर्जालाई खपत गरेर देशलाई आर्थिक रुपमा माथि उठाउन सहयोग पुगोस् भनेर आफूले विद्युतीय स्कुटर खरिद गरेको बताए । विद्युतीय स्कुटर  समतल सडकमा मात्र होइन उकाली ओराली (पहाडी क्षेत्र) को लागि पनि उपयोगी रहने ओलीले खरिद गरेको विद्युतीय स्कुटरले पनि पुष्टि हुन्छ ।

विद्युतीय स्कुटरको मूल्य २ लाख २० हजार रहेको छ ।  एभरेष्ट अटो ट्रेडले महोत्सव अवधि ५ हजार छुट दिएर स्कुटर बिच्दै आएको छ ।  दुईवटा रङ्गमा उपलब्ध टाइगरको अद्वितीय डिजाइन रहेको छ ।   साइड कभरमा डुअल कलर संयोजन स्पोर्टी र स्टाइलिश देखिन्छ । इ–स्केटर २.५ किलोवाटको मोटर रहेको छ, जसलाई २.३ किलोवाटको ठूलो ब्याट्रीले सपोर्ट गर्छ । यसबाहेक, यो फुल ब्याट्री चार्जमा ९५ किलो मिटर सम्म चल्ने कम्पनीले दावी गरेको छ ।  औसत चार्ज समय ८ देखि ९ घण्टा मापन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१