Aamsanchar

श्री लक्ष्मीनारायणको वार्षिकोत्सवमा सांगीतिक पिटी प्रदर्शन

Author Image
मङ्गलवार, फागुन १६, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको श्री लक्ष्मीनारायण प्राथमिक विद्यालयले विद्यार्थीहरूलाई सांगीतिक पिटी तथा नृत्य प्रशिक्षण गराई रहेको छ । सामुदायिक विद्यालय तर्फ समुदायको आकर्षण घटिरहेको र स्थानीय बालबालिकाहरूलाई निजी वोडिङ स्कुल जस्तै अतिरिक्त कृयाकलापमा अघि बढाउन साँगीतिक पिटी र नृत्य सिकाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले बताए ।

हिजो विद्यालयको २३ औं वार्षिकोत्सव कार्यक्रममा सांगीतिक पिटी र नृत्यहरू प्रर्दशनी गराइएको थियो ।

क्षेत्रले नगरपालिका भएपनि भूगोलले ग्रामीण क्षेत्रमा रहेको छ । लक्ष्मीनारायण प्रावि । वार्षिकोत्सवको दिन विद्यालयका विभिन्न गतिविधीरु अभिभावक समक्ष प्रस्तुत गरिएको थियो । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक जनकबहादुर थापाले प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयाप्रसाद ओलीको अध्यक्षता र झापा क्षेत्र नं। ३ ९ख० का सांसद छविलाल चुडालको प्रमुख आतिथ्यमामा वार्षिकोत्सव आयोजना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चुडाल, सल्लाहकार संयोजक कृष्णप्रसाद विमली, वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङ, शिक्षासेवी ज्ञानुनाथ मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पिटिए अध्यक्ष पुष्पप्रसाद सुवेदीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक झनकप्रसाद कोइरालाले गरेका थिए भने कार्यक्रममा जग्गा दाता अभिचन्द्र बजगाईँ, पूर्व पिटिए अध्यक्षहरू प्रेम पौडेल, लयप्रसाद सेढाइ र भवानी पाण्डेलगायत सामाजिक शिक्षा सेवी हरुको आतिथ्यता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)