Aamsanchar

इलामका किसानलाई कृषि सामग्री वितरण

Author Image
बुधवार, फागुन १७, २०७९

इलाम- इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ । यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको रु १० लाख र किसानको रु तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए ।

किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गरे । उनले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै थापाले आगामी वर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । “किसानका समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना छ”, उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर