बिर्तामोड । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘राइटपथ’ शैक्षिक परामर्श केन्द्रको ७ औं शाखा झापाको बिर्तामोडमा आज (मंगलबार) देखि सञ्चालनमा आएको छ ।
नेपाल सन् २०१६ देखि सुरुभएको राइटपथको शाखा विस्तार गर्दैजाने योजना अनुसार बिर्तामोडमा सेवा सुरु भएको बिर्तामोड शाखाका मेनेजिङ डाइरेक्टर रविन पाठकले आज पत्रकार भेटघाटको क्रममा जानकारी दिएका छन् ।
राजधानी र मोफसललाई जोडेर सेतुको काम गर्ने र गराउन देशका विभिन्न जिल्लाहरूमा शाखा विस्तारलाई प्राथमिकता दिएको बताइएको छ ।
राइटपथको नायिका पूजा शर्मा ब्रान्ड एम्बासडर रहेकी छन् । युके बाट सुरु भएको राइटपथको सेवा हाल विश्वका १० वटा मुलुक सम्म फैलिएको छ ।
बिर्तामोड शाखा कार्यालय उद्घाटनको अवसरमा फागुन १८ गते बिर्तामोडमा शैक्षिक गोष्ठीको आयोजना गरिने तयारी गरिएको राइटपथका संस्थापक सिइओ फिलिप डिसी ले बताए ।
अष्ट्रेलिया, क्यानडा, युके, जापानलगायतका देशमा अध्ययन गर्नको लागि राइट पाथले नेपाली विद्यार्थीहरू पठाउदै आएको छ ।