Aamsanchar

बिर्तामोड मेघाबारीमा सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा, प्रमुख वाचक भागवत मञ्जरी पुज्या राधिका दासी

Author Image
बुधवार, फागुन १७, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा रहेको गणेश पाञ्चायतन मन्दिर परिसरमा कर्मयोग, ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले महापुराण आयोजना गरिने भएको छ ।

फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको पुराणको ८० प्रतिशत तयारी पुरा भएको आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो ।

पुराण आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पुरानमा करिब २० हजार भक्तजन आउने अपेक्षा रहेको पुरान आयोजक समितिका सचिव पुष्प खड्काले बताउनुभयो । पहिलो चरणमा जग्गा खरीद गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दोस्रो चरणमा बहुउद्देश्यीय भवन निर्माणको काम थालिनेछ ।

निर्माण हुने संरचना सिंगो बिर्तामोड नगरबासीको मात्र नभएर आसपासका क्षेत्रका मानिसहरुको समेत सम्पत्ति रहेको आयोजकले जनाएको छ । मन्दिर निर्माणका लागि बिर्तामोड–४ का समाजसेवी जग्गादाता गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा प्रदान गर्नुभएको छ भने थप ११ धुर जग्गा सुलभ दरमा खरीदका लागि बैना गरिएको छ ।

महापुराणमा भागवत मञ्जरी पुज्या राधिका दासीको प्रवचन रहने छ । पुराणका लागि भीमा शिवाकोटीको संयोजकत्वमा आयोजक समिति, ३१ सदस्यीय सल्लाहकार समिति र २७ सदस्यीय सचिवालय गठन भइसकेको छ ।

आयोजक समितिका सहसंयोजकहरु सूर्य कन्दङ्वा, छविलाल विश्वकर्मा, जनबहादुर ९जेबी० जबेगु, श्री सिटौला, नारायण राजवंशी र शिव खनाल रहनु भएको छ । सचिव पुष्प खड्का, सहसचिवहरु केशव उप्रेती, उमा भट्टराई र दिनेश अधिकारी र कोषाध्यक्ष यामप्रसाद न्यौपाने हुनुहुन्छ ।

केशव भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र सिता न्यौपानेको संयोजकत्वमा ६५ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति गठन भएको छ । विभिन्न २७ वटा उपसमितिहरु निर्माण भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर