Aamsanchar

मतदाता आध्यावधिकमा सहयोगको अपिल     

Author Image
बुधवार, फागुन १७, २०७९

चन्द्रगढी । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा राजनैतिक दल र आम जनसमुदायले प्रविधिको प्रयोग मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र पालिकाका फोकल पर्सनहरुका लागि जिल्ला प्रशासन कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले नागरिक अवैधताका लागि मतदाता आफैले अनलाइन मार्फत नाम समावेश गर्ने, सच्च्याउने र दावी विरोध गर्नसक्ने सफ्टवेयर निर्वाचन आयोगले प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।

समापन समारोहलाई सबै राजनैतिक दलका तर्फबाट सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ प्रविधिसँगै पार्टीका गतिविधिहरू परिचालित हुन र गर्न नसके जनतासँगको सम्बन्ध र सम्पर्क बिस्तारमा कठिनाइ उत्पन्न हुनसक्ने भनाई राख्नुभयो ।
अनलाइन मार्फत घरमै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरण सच्याउने, दाबीविरोध दर्ता गराउने कार्यमा झापाका सबै राजनीतिक दलहरू प्रतिवद्ध रहेको काङ्ग्रेस सचिव हुमागाईँले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा  नेकपा एमालेका कार्यालय सचिव छविलाल बिक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नि, राप्रपाका अध्यक्ष केशव ओझा, लोसपाका अध्यक्ष अनुज राजवंशी, सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका एसपी तुलसी प्रसाईँलगायतको सुरक्षा निकाय, राजनैतिक संघसंगठनका प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर