Aamsanchar

पूर्वीद्वार साकोसद्वारा छात्रवृत्ति बितरण

Author Image
बुधवार, फागुन १७, २०७९

मेचीनगर । झापाको पूर्वीद्वार साकोसले आफ्नो बार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत मेचीनगर (११ का बिद्यार्थीलाई मंगलबार छात्रवृत्ति बितरण गरेको छ ।
साकोसका पदाधिकारीहरु मेचीनगर-११ स्थित बलभद्र जनता उच्च माबि कक्षा ११ कि जेहेन्दार छात्रा गंगा कट्टेललाई छात्रवृत्ति बितरण गरेको हो ।

साकोसले तिन किस्तामा छात्रवृत्ति उपलब्ध गराउने सर्तअनुसार दोस्रो पटकको २१ हजार रुपैयाँको चेक विद्यार्थीलाई हस्तान्तरण गरेको साकोसको धाइजनस्थित शाखा प्रमुख लक्ष्मी खतिवडाले जानकारी दिए ।

बिद्यालयमा आयोजित छात्रवृत्ति बितरण कार्यक्रममा बिद्यालयका प्राध्यानाध्यापक तुलसीप्रसाद सुवेदी, शिक्षक होमराज ढकाल तथा पूर्वीद्वार साकोसका अध्यक्ष बिपि भट्टराई, चेतन बिष्टलगायतले गंगा कट्टेललाई बधाई दिएका थिए ।
साकोसले उच्च माबिमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीको शैक्षिक सुधार एबम् गुणस्तर बिकासका लागि बिद्यार्थी छनोटपछि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर