Aamsanchar

स्ववियु चुनावमा सहकार्यबारे एमाले र विप्लवका विद्यार्थीबीच छलफल

Author Image
बिहिवार, फागुन १८, २०७९

काठमाडौँ – नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवलाई तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर