

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएकाे हाे ।

शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएकाे हाे । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।
Views: 173

