Aamsanchar

अनेरास्ववियूद्वारा तरकारीमा विषादी परीक्षण माग गर्दै प्रदर्शन

Author Image
बिहिवार, फागुन १८, २०७९

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू आर आर क्याम्पस कमिटीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ। अनेरास्ववियु आर आरले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेको संगठनका केन्द्रीय सदस्य उज्जवल खड्काले जानकारी दिए।

‘जनताको दैनिकीसँग जोडिएको अति संवेदनशील विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ भन्ने हाम्रो मान्यता होु, उनले भने, ‘यसका लागि हाम्रो प्रदर्शन भएको हो। परिक्षणको विषयमा सरकार गम्भीर बन्नुपर्छ।’

करिब एक घण्टासम्म भएको उक्त प्रदर्शनमा जनतामारा सरकार मुर्दावाद!, नेपाली किसानहरूको पेटमा लात हान्ने काम बन्द गर!, दलाल प्रचण्ड मुर्दावाद! आयातित तरकारीमा विषादी परिक्षण अनिवार्य गर! जस्ता नारा लगाइएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणका लागि नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएका छन्। फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदले रोकेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाउँदै बुधबार नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर