Aamsanchar

पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

Author Image
शुक्रवार, फागुन १९, २०७९

काठमाडौँ – पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे । बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

 

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर