Aamsanchar

कोशी प्रदेशका ३२ स्थानीय तहले जग्गाको वर्गीकरण सम्पन्न गरे, कित्ताकाट खुल्यो

Author Image
शनिवार, फागुन २०, २०७९

विराटनगर । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ३२ वटामा जग्गाको वर्गीकरण सकिएर कित्ताकाट खुलेको छ । ५ वटा जिल्लाका कुनै पनि पालिकामा कित्ताकाट खुल्न सकेको छैन ।

झापा, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा र खोटाङमा भने कुनै पनि तहले जग्गाको वर्गीकरण गरिसकेका छैनन् ।

ताप्लेजुङ जिल्लाका सबै पालिकाले कृषि र गैरकृषिमा मात्रै जग्गा वर्गीकरण गरेका छन् । जिल्लामा फुङलिङ नगरपालिका, मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला, सिरीजंगा, मिक्वाखोला, सिदिङ्वा, फक्तालुङ र पाथीभरा याङ्वरक गाउँपालिका गरी ९ पालिका छन् ।

पाँचथरका ८ पालिकामध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले मात्रै वर्गीकरण सकेका हुनाले ती दुई पालिकामा मात्रै जग्गाको कित्ताकाट खुलेको छ ।

इलामका ८ पालिकामध्ये इलाम र देउमाई नगरपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

सुनसरीका १२ पालिकामध्ये धरान उपमहानगरपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।
मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिका, रंगेली नगरपालिका र बुढीगंगा, जहदा तथा ग्रामथान गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

संखुवासभाका १० पालिकामध्ये खाँदबारी नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ ।

भोजपुरका ९ पालिकामध्ये भोजपुर नगरपालिका तथा रामप्रसाद राई, पौवादुङमा र अरूण गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

सोलुखुम्बुका ८ पालिकामध्ये दूधकोशी गाउँपालिकाले मात्रै वर्गीकरण सकेको छ ।

उदयपुरका ८ पालिकामध्ये त्रियुगा, उदयपुरगढी, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
15
+1
7
+1
1
+1
0
+1
2
+1
2
+1
5
Views: 5584

प्रतिक्रिया (०)

सम्बन्धित खबर